काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२७ फाल्गुन २०८२
अ+
अ-

सुर्खेत। इनिशा विकको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार तथा आफन्तले बुधवार वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन्।

२३ फागुन शनिबार बिहान सहिद पार्कनजिकैको जनजागरण सामुदायिक वनमा १६ वर्षीया इनिशा विक बेहोस अवस्थामा भेटिएको थिइन्।

मृतकका आफन्तले इनिशामाथि बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै आएको छ।

उनीसँगै रहेका वीरेन्द्रनगर ९ का अनमोल गौलीलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो। साथै

घटनामा संलग्न भएको आशंकामा गौलीसहित थप चारजनालाई  जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।