काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२७ फाल्गुन २०८२
अ+
अ-

काराकास। भेनेजुएलाले सन् २०२५ मा करिब ६६ टन लागूऔषध बरामद गरेको जनाएको छ।

यो मात्रा अघिल्लो वर्षको तुलनामा ६४.४४ प्रतिशत बढी रहेको छ र पछिल्ला दुई दशककै सबैभन्दा ठूलो बरामद मानिएको छ ।

राष्ट्रिय लागुऔषध नियन्त्रण निकायका प्रमुख ड्यानी फेररले संयुक्त राष्ट्रसङ्घको लागुऔषध सम्बन्धी आयोगको ६९औँ बैठकमा उक्त जानकारी दिए।

भेनेजुएलाको आन्तरिक मामिला, न्याय तथा शान्ति मन्त्रालयका अनुसार सरकारले लागूऔषध तस्करी नियन्त्रणका लागि लागू गरेको नीति तथा कम्तीमा ११ देशसँगको सहकार्यका कारण यस्तो उपलब्धि हासिल भएको हो।

फेररका अनुसार सरकारले लागूऔषध तस्करीमा संलग्न अपराधी समूहहरूलाई नियन्त्रण गर्न निगरानी र रोकथाम क्षमतामा उल्लेखनीय सुधार गरेको छ।

यसका साथै, देशभित्र लागूऔषध प्रयोग घटाउन सञ्चालन गरिएका रोकथाम तथा जनचेतना कार्यक्रमहरूबाट २५ लाखभन्दा बढी नागरिक लाभान्वित भएका छन्।