काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ।

महासभाले आज प्रस्ताव पारित गरेको हो। अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५ मा यो दिवस मनाइने छ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएको छ।

राजदूत थापाका अनुसार प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवद्र्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ।

प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग र समर्थन गर्ने राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै राजदूत थापाले यो नेपालका लागि महत्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताएका छन्।