काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। समानुपातिकतर्फको मतगणना सकिएको छ। निर्वाचन आयोगका अनुसार देशभरबाट एक करोड सात लाख ६९ हजार ५४३ मत खसेको थियो।

देशभरबाट एक करोड सात लाख ६९ हजार ५४३ मत खस्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ लाख ४८ हजार २१७ मत प्राप्त गरेको छ।

नेपाली कांग्रेसले १७ लाख ५४ हजार ३९५ मत पाएको छ भने नेकपा (एमाले)ले १४ लाख ५१ हजार ९५६ मत पाएको छ।

नेपाली कम्युनिस्ट (नेकपा)को आठ लाख नौ हजार ७१ मत रहेको छ। श्रम संस्कृती पार्टीले तीन लाख ८५ हजार ६८२ मत प्राप्त गरेको छ।

राप्रपाले तीन लाख ३० हजार ८२ मत पाएको छ ।

समानुपातिकर्फको मतगणना सकिएको भएपनि आयोगको बेवसाइटमा अपडेट भएको मत अन्तिम हो कि होइन भन्ने रुजु गर्न बाँकी भएको सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए।