काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२७ फाल्गुन २०८२
अ+
अ-

बुटवल। लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वाधिक मत प्राप्त गरेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ २६ मध्ये २१ सिट जितेर पहिलो भएको रास्वपाले समानुपातिकतर्फ पनि उस्तै मत पाएको हो। समानुपातिक मतपरिणामअनुसार लुम्बिनीमा रास्वपा पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचौँ र श्रम संस्कृति पार्टी छैटौँ भए।

प्रत्यक्षतर्फ दुई सिट जितेको नेकपा समानुपातिकमा रोल्पा र रुकुम पूर्वमा पहिलो दल बनेको छ भने अरु सबै जिल्लामा रास्वपा पहिलो स्थानमा छ। लुम्बिनीमा कांग्रेस र नेकपाले २-२ र एमालेले एक निर्वाचन क्षेत्रमा जितेका छन्।

लुम्बिनीमा रास्वपाले नौ लाख २८ हजार ३५२ मत प्राप्त गरेको छ। प्रदेशमा दोस्रो ठूलो दल बनेको कांग्रेसले तीन लाख पाँच हजार ६८९, तेस्रो बनेको एमालेले दुई लाख ९६ हजार ५१३, चौथो बनेको नेकपाले एक लाख ५७ हजार ९७१ मत पाएको छ। प्रदेशमा पाँचौँ ठूलो दल बनेको राप्रपाले समानुपातिकतर्फ ८० हजार तीन मत र निर्वाचनअघि मात्रै दर्ता भएको श्रम संस्कृति पार्टीले २३ हजार ५०३ मत प्राप्त गरेको हो।

निर्वाचन कार्यालय रूपन्देहीका अनुसार जिल्लामा रास्वपाले समानुपातिकतर्फ दुई लाख ४२ हजार ४०२ मत पाएको छ। कांग्रेसले ५१ हजार ९४९, एमालेले ५१ हजार ५९६, राप्रपाले २८ हजार ३०३, नेकपाले ११ हजार ३४८ र श्रम संस्कृति पार्टीले आठ हजार ३५६ मत समानुपातिकतर्फ प्राप्त गरेका छन्।

कपिलवस्तुमा रास्वपाले एक लाख ५४९ मतसहित पहिलो दल बन्दा कांग्रेसले ४६ हजार ३९१, एमालेले २५ हजार ६२०, नेकपाले २२ हजार ६३, राप्रपाले १७ हजार ९७४ र श्रम संस्कृति पार्टीले एक हजार ४५८ मत ल्याएको छ।

दाङमा रास्वपाले एक लाख ३१ हजार एक मत, कांग्रेसले ४१ हजार ४४८, एमालेले ३३ हजार ३५५, नेकपाले २३ हजार ७८०, राप्रपाले पाँच हजार ८९१ र श्रम संस्कृतिले दुई हजार ५६ मत ल्याएको छ।

बाँकेमा रास्वपाले ९० हजार २९, एमालेले ४७ हजार १०२, कांग्रेसले ४० हजार ५६, नेकपाले १३ हजार १६६, राप्रपाले १० हजार ९१४ र श्रम संस्कृतिले एक हजार ४९५ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ।

बर्दियामा रास्वपाले ८० हजार ४४३, कांग्रेसले ३१ हजार ६७७, नेकपाले २५ हजार ९४८, एमालेले २४ हजार २४०, राप्रपाले चार हजार ४९३ र श्रम संस्कृतिले एक हजार ७७ मत प्राप्त गरेको छ। प्यूठानमा रास्वपाले ३० हजार ७५२, एमालेले १६ हजार १९५, कांग्रेसले १५ हजार २२६, नेकपाले नौ हजार १८१, श्रम संस्कृति पार्टीले ९५५ र राप्रपाले ६८५ मत प्राप्त गरेको छ।

यो पनि…

लुम्बिनीमा दशकौँदेखि उही उम्मेदवार

रोल्पामा नेकपाले २५ हजार ६२, रास्वपाले १३ हजार ६३८, कांग्रेसले ११ हजार ४९९, एमालेले १० हजार नौ, राप्रपाले ८८६ र श्रम संस्कृति पार्टीले ७८८ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ। रुकुम पूर्वमा नेकपाले नौ हजार ४४३, एमालेले तीन हजार ३२९, कांग्रेसले दुई हजार ८७०, रास्वपाले एक हजार ९७०, श्रम संस्कृतिले १७७ र राप्रपाले १५४ मत प्राप्त गरेको छ।

गुल्मीमा रास्वपाले ५२ हजार ५२, एमालेले २८ हजार ९०५, कांग्रेसले २५ हजार ५५२, नेकपाले पाँच हजार ७८६, राप्रपाले एक हजार ८९ मत र श्रम संस्कृति पार्टीले ९३६ प्राप्त गरेको छ।

अर्घाखाँचीमा रास्वपाले ३९ हजार ८५, एमालेले २० हजार ४५१, कांग्रेसले १७ हजार ६८१, नेकपाले तीन हजार ९७७, राप्रपाले ७२५ र श्रम संस्कृतिले ५७२ मत पाएको छ।

पाल्पामा रास्वपाले ५० हजार ४५२, एमालेले २४ हजार ९३७, कांग्रेसले २४ हजार ६ मत, नेकपाले पाँच हजार २८६, श्रम संस्कृति पार्टीले तीन हजार ५५८ र राप्रपाले एक हजार ३९९ मत पाएको छ।

नवलपरासी पश्चिममा समानुपातिकतर्फ रास्वपाले ९५ हजार ९७९, कांग्रेसले २० हजार ३३४, एमालेले १० हजार ७७४, राप्रपाले सात हजार ५१७, नेकपाले दुई हजार ९२१ र श्रम संस्कृति पार्टीले दुई हजार ७५ मत पाएको छ।