पोखरा। पोखरा उपमहानगरपालिकाका मेयर तथा नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातका कारण मृत्यु भएको छ।
हृदयाघातले ढलेका थापालाई तत्काल पोखराको मणिपाल शिक्षण अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। उनलाई न्यून रक्तचापसम्बन्धी समस्या थियो।
उनी एमालेको कास्की कमिटीले बोलाएको चुनावी समीक्षा बैठकमै ढलेका थिए। कास्की १ को निर्वाचनको समीक्षा बैठकमा १० मिनेट सम्बोधन गरेपछि उनी ढलेका थिए। एमालेको गढ मानिने कास्कीमा रास्वपाले ‘क्लिन स्विप’ गरेपछि समीक्षा बैठक राखिएको थियो।
थापा यसअघि २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन पोखरा उपमहानगरको प्रमुख र पछि गण्डकी प्रदेशसभा सदस्यलगायतको जिम्मेवारीमा थिए।
यसपटकको निर्वाचनमा उनलाई एमालेले टिकट दिएको थियो। सुरुमा पाएको टिकट पार्टीभित्रै तीव्र आलोचनापछि खोसियो। पछि त्यही टिकट रश्मी आचार्यलाई दिइएको थियो। त्यसपछि भने पार्टी नेतृत्वप्रति थापा रुष्ट बनेका थिए।