काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२८ फाल्गुन २०८२
इनिसा विक घटनामा निष्पक्ष न्यायका लागि सुर्खेतमा आफन्त र स्थानीयले २७ फागुनमा गरेको प्रदर्शन। तस्बिर : नेपालन्युज
अ+
अ-

सुर्खेत। बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिसा विकका बुबा सुर्खेत आइपुगेका छन्।

छोरीको हत्या भएको खबर पाएपछि दुबईबाट उनी नेपाल आएका हुन्। रोजगारीका क्रममा दुबईमा रहेका ४० वर्षीय इन्द्रबहादुर भारत हुँदै नेपाल पुगेका हुन्। घटनास्थल पुगेपछि उनले छोरीको हत्या योजनाबद्ध रूपमा भएको दाबी गरेका छन्।

“पार्कबाट घना जंगलतिर लगेर विभिन्न सामान देखाएर फकाई मेरो छोरीको हत्या गरिएको देखिन्छ,” उनले भने, “मेरो छोरीले न्याय नपाएसम्म शव बुझ्दिनँ।” छोराछोरीलाई राम्रो शिक्षा दिन सकियोस् भनेर आफू दुबईमा रोजगारीका लागि गएको उनले बताए।

इनिशा विक मृत्यु प्रकरण : माइतीघरमा प्रदर्शन

उनले विद्यालयको पनि लापरबाही देखिएको आरोप लगाए। घटनामा संलग्न भनिएका युवक र उनका परिवारलाई विद्यालयले पटक-पटक सम्झाएको भन्ने कुरा पछि मात्र आफूहरूले सुनेको उनले बताए।

पढाइमा अब्बल आफ्नो छोरीको भविष्यमा डाक्टर वा सैनिक अधिकृत बन्ने सपना उजाडिएको उनले बताए। नेपाली सेनाबाट अवकाश प्राप्त इन्द्रबहादुर अवकाश हुनेबित्तिकै दुबई गएका थिए। केही महिनाअघि बिदामा घर आएका उनी बिदा सकिएपछि पुन: दुबई गएका थिए।

यो पनि…

इनिसाको बलात्कारपछि हत्या