काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२८ फाल्गुन २०८२
अ+
अ-

पोखरा । नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो पुस्तक बिक्रीमार्फत हालसम्म करिब १२ करोड रुपैयाँ संकलन गरेका छन्। उनले संकलित रकम वीरगञ्जमा सञ्चालन गर्न लागिएको कृषि औजार कारखानाका लागि प्रयोग गरिने बताएका छन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पुनले बुधबार बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म पोखराका तीन स्थानमा मात्रै १४०८ वटा पुस्तक बिक्री भएको उल्लेख गरेका छन्। पुस्तक बिक्रीबाट उठेको सम्पूर्ण रकम वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा लगाइने उनले बताएका छन्।

पुनका अनुसार उक्त कारखानामा साना किसानलाई आवश्यक पर्ने विभिन्न प्रकारका कृषि औजार उत्पादन गर्ने तयारी भइरहेको छ। ती औजारहरू कस्ता–कस्ता बनिरहेका छन् भन्नेबारे फुर्सद मिल्नेबित्तिकै भिडियोमार्फत सार्वजनिक गर्ने पनि उनले जानकारी दिएका छन्।

कृषि औजार कारखाना पूर्ण रूपमा सञ्चालन गर्न कम्तीमा २० करोड रुपैयाँ आवश्यक पर्ने बताउँदै पुनले पुस्तक बिक्री अभियान अझै जारी रहने बताएका छन्। उनले यो अभियानमा साथ दिन सबैलाई आग्रह पनि गरेका छन्।