काठमाडौं । प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीलाई आज औपचारिक कार्यक्रममार्फत बिदाई गरिँदैछ। निर्वाचन सुरक्षामा महत्वपूर्ण भूमिका खेलेका उनीहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गरिने र देशलाई आवश्यक परेको समयमा पुनः सहयोग गर्ने प्रतिबद्धतासहित सम्मानपूर्वक विदाई गरिने बताइएको छ।
निर्वाचन सुरक्षाका लागि अस्थायी रूपमा ४० कार्यदिनका लागि भर्ना गरिएको निर्वाचन प्रहरीको सेवा अवधि आजबाट समाप्त हुँदैछ।
यस वर्ष कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो। त्यसमध्ये १ लाख ३३ हजार ९८० जना नेपाल प्रहरी मातहत र १५ हजार ११० जना सशस्त्र प्रहरी बल मातहत खटिएका थिए।
यसैगरी, सशस्त्र प्रहरी बल मातहत परिचालन भएका निर्वाचन प्रहरीको पनि आजै विदाई कार्यक्रम आयोजना गरिएको सम्बन्धित निकायले जनाएको छ।