काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२९ फाल्गुन २०८२
फाइल फोटो।
अ+
अ-

तनहुँ। व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब रु दुई लाख बराबरको धनमाल क्षति भएको छ।

व्यास नगरपालिका–१ विज्ञानचौरका शिव ताम्राकार र सोही नगरपालिका–६ बाह्रबिसेका पूर्णबहादुर श्रेष्ठले संयुक्त रुपमा सञ्चालन गरेको होटलमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले राससलाई बताए।

स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो।