काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२९ फाल्गुन २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

रुकुम पश्चिम। जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक जनाको मृत्यु भएको छ।

वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा च्यापिएर ७५ वर्षीय सरुन ओलीको मृत्यु भएको हो।

काठको गेली पल्टाउने क्रममा च्यापिएर बुबाको मृत्यु भएको मृतकका छोरा ओपीराम ओलीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिए।