काठमाडौँ। यही २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर भएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै निर्वाचन प्रणलीमा उक्त परिमाणमा मद बदर भएको हो।
उनका अनुसार २०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मत प्रतिशत ५.०६ प्रतिशत थियो भने २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मतको प्रतिशत ५.१८ प्रतिशत थियो।
४ मंसिर २०७० मा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा ४.९६ प्रतिशत मत बदर भएको थियो। यसैगरी २८ चैत २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा भने ५.१५ प्रतिशत मत बदर भएको थियो।
आयोगका अनुसार विगतका पाँचवटा निर्वाचनको तुलनामा यसपटक औसतमा कम मत बदर भएको छ।

निर्वाचन आयोग।