काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

३० फाल्गुन २०८२
चेतनारायण आचार्य।
अ+
अ-

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले हालै सम्पन्न निर्वाचनको गम्भीर समीक्षा गरी दृढतापूर्वक जनताको पक्षमा उभिनुपर्ने आवश्यकता औँल्याएका छन्।

एमाले अर्घाखाँची-रूपन्देही सम्पर्क मञ्चको बुटवलमा शनिबार भएको बैठकमा उनले संगठनलाई परिचालन, निरन्तर समीक्षा र मूल्यांकन गरी जनताको पक्षमा उभिनुपर्नेमा जोड दिए।

नेता आचार्यले निर्वाचन परिणामबारे विश्लेषण र मूल्यांकन गरी आगामी दिनमा नयाँ ढंगले जनतामाझ जानुपर्ने धारणा राखे। उनले विकास र समृद्धिको आकांक्षा पूरा गर्न एमाले नेतृत्वमा बनेका सरकारले गरेका महत्त्वपूर्ण कामबारे बुझाउन आवश्यक रहेको बताए।

बैठकमा लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, पार्टीका अर्घाखाँची अध्यक्ष पीताम्बर भुसाललगायतले आफ्ना धारणा राखेका थिए।