त्यो काण्ड

४२ वर्षअघि मलेसियाको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘मर्डेका कप’ खेल्न जाँदा अल्जेरियाविरुद्धको खेलमा झगडा

३० फाल्गुन २०८२
सन् १९८३ को मर्डेका कपमा सहभागी नेपाली र अल्जेरियाको राष्ट्रिय टोली (दायाँ)। तस्बिर : राजुकाजी शाक्य/ सामाजिक सञ्जाल
अ+
अ-

२०१४ सालमा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि मलेसियाले फुटबलको ठूलो प्रतियोगिता गराउने घोषणा गर्‍यो। प्रत्येक वर्ष विदेशी टोलीलाई निम्तो दिई आयोजना गरिने प्रतियोगिताको नाम जुराइएको थियो– मर्डेका कप।

यही प्रतियोगिताको २७औँ संस्करणमा भाग लिन नेपाली फुटबल टोली २०४० सालमा मलेसिया पुग्यो। जुन धेरै कारणले नेपाली खेल जगत्‌मा अविस्मरणीय मानिन्छ।

प्रतियोगितामा नेपालले सन् १९८२ मा विश्वकप खेलेको अफ्रिकी राष्ट्र अल्जेरिया, विश्व फुटबलको शक्ति राष्ट्र अर्जेन्टिनाको ब्युनोस आयर्स क्लब र दक्षिण कोरियाको राष्ट्रिय टोलीसँग मात्र होइन, मलेसिया र बाङ्लादेशसँग पनि खेल्ने अवसर पाएको थियो। प्रतियोगितामा एउटा यस्तो काण्ड भयो, जसले नेपाली खेलाडीलाई मैदानमै उत्तेजित पार्‍यो। र, परिस्थिति साम्य पार्न मलेसियाका सुरक्षाकर्मीले नेपाली खेलाडीको कन्चटमा पेस्तोल तेर्स्याउनुपर्‍यो।

त्यो काण्ड थियो, १२ असोज २०४० को। जतिबेला नेपाल समूह ‘ए’ चरणको अन्तिम खेल अल्जेरियाविरुद्ध सिंगापुरको बोर्डरनजिकै जोहरबारु रंगशालामा खेल्न उत्रियो।

 

नेपाली खेलाडी वाईबी घले, राजुकाजी शाक्य र बीचमा अल्जेरियन खेलाडी। तस्बिर : राजुकाजी शाक्यको फेसबुक वाल

यो प्रतियोगिता खेल्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुवर्ण क्षेत्रीको नेतृत्वमा २३ सदस्यीय नेपाली टोली १ असोजमा काठमाडौँको त्रिभुवन विमानस्थलबाट मलेसियातर्फ लागेको थियो। टोलीको व्यवस्थापकमा दीपकहर्ष बज्राचार्य र प्रशिक्षकमा वाङ लु (चिनियाँ प्रशिक्षक) सम्मिलित थिए। फिफा रेफ्री रामेश्वर राउत, चिकित्सक अजय राणा र चिनियाँ प्रशिक्षकका दोभासे सुमन श्रेष्ठसँगै कप्तान रूपकराज शर्मा, खेलाडीहरू अशोक केसी, गणेश थापा, लोकबहादुर शाही (गोलकिपर), सुरेश पन्थी, धीरेन्द्र प्रधान, श्रीराम रञ्जितकार, भक्त राजकर्णिकार, कृष्ण थापा, वाईबी घले, मानबहादुर मल्ल, नरेन्द्रबहादुर श्रेष्ठ, विदुर विष्ट, राजु शाक्य, गोपाल श्रेष्ठ र विनय श्रेष्ठ थिए।

३ असोजमा नेपालले समूह चरणको पहिलो खेल आयोजक मलेसियाविरुद्ध खेल्यो। जसमा नराम्रोसँग ७-० गोलले पराजित भयो। खेल खेल्नुअघि नेपाली टोली काठमाडौँबाट मलेसियाको राजधानी क्वालालम्पुरको लामो हवाई यात्रा र क्वालालम्पुरबाट पनि अर्को जहाज चढेर थाइल्यान्डको बोर्डरनजिकै कोटाबारु पुगेको थियो।

खेल सुरु हुनुअगाडि नेपाली स्ट्राइकर गणेश थापा ‘चेन्जिङ रुम’ मै बेहोस भएका थिए। गोलकिपर लोकबहादुर शाही हाफ टाइममा ‘चेन्जिङ रुम’ तर्फ फर्किंदा बल नै तीनचार वटा देख्छु भन्दै थिए। ‘जेट ल्याग’ का कारण नरेन्द्र श्रेष्ठले हाफ टाइमपछि उल्टी नै गरे।

काठमाडौँबाट नेपाली खेलाडी क्वालालम्पुर पुग्दा रातिको १ बजिसकेको थियो। भोलिपल्ट बिहानै आयोजक राष्ट्रसँग फुटबल खेल्न नेपाली टोलीले फेरि एक घण्टाको अर्को हवाई यात्रा तय गर्नुपर्‍यो। लामो हवाई यात्रा गर्नुपर्दा नेपाली खेलाडीलाई ‘जेट ल्याग’ मात्र भएन, अनिँदो रहेका कारण थकित पनि देखिन्थे। “मलेसियाविरुद्धको खेलमा हामीले सात गोल खानुको मुख्य कारण यही थियो,” राष्ट्रिय टोलीका तत्कालीन चिकित्सक अजय राणा भन्छन्।

खेल सुरु हुनुअगाडि नेपाली स्ट्राइकर गणेश थापा ‘चेन्जिङ रुम’ मै बेहोस भएका थिए। गोलकिपर लोकबहादुर शाही हाफ टाइममा ‘चेन्जिङ रुम’ तर्फ फर्किंदा बल नै तीनचार वटा देख्छु भन्दै थिए। ‘जेट ल्याग’ का कारण नरेन्द्र श्रेष्ठले हाफ टाइमपछि उल्टी नै गरे।

थकानका कारण मलेसियाविरुद्ध पहिलो खेलको नतिजा नराम्रो भए पनि दोस्रो खेलमा नेपाली टोलीले उत्कृष्ट पुनरागमन गर्‍यो।

राजुकाजी शाक्य। तस्बिर : शाक्यको फेसबुक वाल

दोस्रो खेल ६ असोजमा सेरेमबानमा भएको थियो, जहाँ नेपाल आफ्नो चिरप्रतिद्वन्‍द्वी बाङ्लादेशविरुद्ध उत्रियो। त्यहाँ उत्कृष्ट खेलिरहेको नेपाल १-० गोलले पराजित भयो। त्यतिबेला नेपालको हारको प्रमुख कारण बन्यो, अत्यधिक गर्मी। काठमाडौँको चिसो मौसममा फुटबल खेलिरहेका नेपाली खेलाडीहरू सेरेमबानमा उत्रिँदा तापक्रम ४० डिग्री थियो। फेरि खेलको समय दिउँसो २ बजे तय गरिएको थियो। टन्टलापुर घाममा नेपाली खेलाडीलाई दोस्रो हाफपछि खेल्न हम्मेहम्मे पर्‍यो।

नेपालको सबैभन्दा तारिफ भएको खेल थियो, दक्षिण कोरियाविरुद्ध ८ असोजमा जोहरबारुमा भएको तेस्रो खेल। कोरियाले त्यस वर्षको मर्डेका कपमा दुई वटा टिम उतारेको थियो। एउटा टिम सन् १९८८ को ओलम्पिकलाई लक्षित गरेर युवा सम्मिलित बनाइएको थियो, जुन समूह ‘बी’ मा समावेश थियो। नेपालविरुद्ध खेलेको कोरियाली टिममा राष्ट्रिय र क्लबस्तरका खेलाडी सम्मिलित थिए। त्यसैले यस टिमलाई बलियो मात्र होइन, उपाधिको दाबेदार पनि मानिएको थियो।

अर्जेन्टिनी टिममा व्यावसायिक खेलाडीको बाक्लो उपस्थिति भएका कारण धेरैको अपेक्षा थियो– नेपालले कम्तीमा आधा दर्जनभन्दा बढी गोल खान्छ। तर, फुटबल समर्थकको अनुमानविपरीत नेपालले ०-३ गोलले अर्जेन्टिनी क्लबलाई रोक्यो।

जोहरबारुमा भएको खेलमा नेपालले राम्रो प्रदर्शन गर्‍यो, तर नतिजा १-० गोलले विपक्षी टोलीलाई नै सुम्पियो।

भोलिपल्ट स्थानीय अखबारमा नेपाली खेलाडीको खेलको प्रशंसा गर्दै समाचार छापिएको थियो– ‘टाइगर फ्रम नेपाल’। नेपाललाई हराउन त्यस खेलमा कोरियालाई हम्मेहम्मे परेको थियो। खेलको ७८ मिनेटमा हान योङ सुनले नेपालविरुद्ध निर्णायक गोल गरेका थिए।

नेपालले चौथो खेल ब्युनोस आयर्स सहरको अर्जेन्टिना-११ टिमविरुद्ध १० असोजमा खेल्यो। त्यस टिममा इंग्लिस क्लब आर्सनलबाट खेल्ने डी लुइस, अर्जेन्टिनी क्लब डेपोर्टिभो इस्पानिओलका लियान्द्रो पेरेज, कार्लोस टेभेज र एरिएल ओर्टेगाजस्ता विख्यात खेलाडी जन्माएको अल ब्वाइज क्लबका मोरा, ब्युनोस आयर्स क्लबका मार्सेलो भाज्क्युजजस्ता स्तरीय खेलाडी थिए।

अर्जेन्टिनी टिममा व्यावसायिक खेलाडीको बाक्लो उपस्थिति भएका कारण धेरैको अपेक्षा थियो– नेपालले कम्तीमा आधा दर्जनभन्दा बढी गोल खान्छ। तर, फुटबल समर्थकको अनुमानविपरीत नेपालले ०-३ गोलले अर्जेन्टिनी क्लबलाई रोक्यो।

डा. अजय राणा। तस्बिर : राणाको फेसबुक वाल

नेपालविरुद्धको जितसँगै समूह ‘क’ बाट अर्जेन्टिना सेमिफाइनल प्रवेश गर्‍यो। तर, अर्को टोलीको हकमा निर्णय हुन बाँकी थियो। दोस्रो टोलीका रूपमा अल्जेरिया वा दक्षिण कोरियामध्ये कुन टोली अन्तिम चारमा प्रवेश गर्ने भन्ने कडा प्रतिस्पर्धा चल्यो। यसअघि विपक्षीविरुद्ध कम गोल गरेकाले अल्जेरिया दबाबमा थियो।

चार खेलको समीकरण पूरा हुँदा कोरियाले विपक्षी टोलीविरुद्ध ६ गोल गरेको थियो भने अल्जेरियाले चार गोल मात्र। त्यसैले उसलाई सेमिफाइनल प्रवेशका लागि नेपालविरुद्ध राम्रो अन्तरको गोलसहित खेल जित्नुपर्ने बाध्यता थियो।

नेपाली कप्तान रूपकराज शर्मा मैदानको मध्यभागबाट बल विपक्षी हाफमा लैजाँदै थिए, अल्जेरियाका एक खेलाडीले पछाडिबाट उनको कपाल तानिदिए। यस घटनाबाट उत्तेजित रूपकले फरक्क पछाडि फर्कंदै ती अल्जेरियाली खेलाडीलाई तानेर मुखमा एक मुक्का बजारिदिए।

अल्जेरिया र नेपाल समूह चरणको अन्तिम खेल खेल्न मैदानमा उत्रिए, १२ असोजमा। यी दुई टोली साँझ ६ बजे जोहरबारुमा उत्रिँदा मैदानमा हल्का पानी परिरहेको थियो। “उनीहरू कम्तीमा आधा दर्जन गोल हान्ने उद्देश्यका साथ मैदानमा उत्रिएका थिए,” नेपाली टोलीमा सहभागी डिफेन्डर धीरेन्द्र प्रधान सम्झन्छन्।

तर, उनीलगायत श्रीराम रञ्जितकार, मानबहादुर मल्ल र सुरेश पन्थीको बेजोड रक्षापंक्तिले पहिलो हाफमा अल्जेरियाका स्ट्राइकरलाई हल्लिन दिएन। नतिजा– पहिलो हाफको खेल गोलरहित बराबरीमा टुंगियो। यसमा पनि खेल सुरु भएको १० मिनेटमा मिडफिल्डर कृष्ण थापाले गोल गर्ने सुनौलो मौका गुमाए। मानबहादुर मल्लले ‘राइट विङ’ बाट गरेको क्रस बल अल्जेरियाली गोलकिपरलाई छलेर गोलपोस्टभन्दा तीन यार्डनजिकै पुगिसकेको अवस्थामा थापाले छोएको भए मात्र गोल हुने थियो। तर, उनले बजारेर हान्न खोज्दा बल गोलपोस्टमा ठोक्किएर फर्कियो। “हाम्रो दुर्भाग्य! छोएको भए मात्र पुग्ने बललाई कडा प्रहार गर्दा पोस्टमा लाग्यो। त्यो गोल भएको भए खेलले अर्कै रूप लिने थियो,” स्ट्राइकर कृष्ण थापा भन्छन्।

मानबहादुर मल्ल। तस्बिर : मल्लको फेसबुक वाल

पहिलो हाफको खेल गोलरहित बराबरीमा रोकिएपछि ६ गोल गर्ने उद्देश्य बोकेको अल्जेरियाली टोलीका खेलाडी दबाबमा देखिन्थे। अझ, दोस्रो हाफपछिको १५ मिनेटसम्म नेपालले उनीहरूलाई थप रोकेर राख्यो। यसपछि अल्जेरियाली खेलाडीको धैर्यको बाँध फुट्यो। उनीहरू मैदानमै उग्र बन्न थाले। “हामीलाई उत्तेजित पार्न बेलाबेला हात छाड्थे। झगडा गर्न आउँथे,” अर्का डिफेन्डर श्रीराम रञ्जितकार सम्झन्छन्।

खेलको ६० मिनेटसम्म सबै ठीकठाक चलिरहेको थियो। तर, यसपछि खेलले अर्कै मोड लियो। नेपाली कप्तान रूपकराज शर्मा मैदानको मध्यभागबाट बल विपक्षी हाफमा लैजाँदै थिए, अल्जेरियाका एक खेलाडीले पछाडिबाट उनको कपाल तानिदिए। यस घटनाबाट उत्तेजित रूपकले फरक्क पछाडि फर्कंदै ती अल्जेरियाली खेलाडीलाई तानेर मुखमा एक मुक्का बजारिदिए।

“पहिलेदेखि हाम्रो रिदम तोड्न उत्तेजित बनाउने अभियानमा लागिरहेका थिए। त्यसपछि उनीहरूलाई के चाहियो? रूपक दाइले मुक्का हानेपछि त्यो खेलाडी अभिनय गर्दै भुइँमा डङ्‌ग्रङ्‌ङ सुतिदियो,” नेपाली टिममा सहभागी राजुकाजी शाक्य बताउँछन्।

रेफ्रीले झगडा छुट्याउन नसकेपछि मलेसियाली सुरक्षाकर्मीले हस्तक्षेप गर्नुपर्‍यो। त्यतिबेला निकै उग्र बनेका नेपाली मिडफिल्डर वाईबी (यमबहादुर) घलेलाई रोक्न मलेसियन प्रहरीले कन्चटमा पेस्तोल तेर्स्याए। पहिलोपल्ट राष्ट्रिय टोलीसँग भ्रमण गरिरहेका चिकित्सक अजय राणालाई पनि प्रहरीले पेस्तोल देखाउँदै मैदानबाट बाहिर निकाले।

यो घटनापछि अल्जेरियाली खेलाडी रूपकलाई हातपात गर्न मैदानको मध्यभागमा दौडिन थाले। नेपाली खेलाडी पनि आफ्ना कप्तानलाई जोगाउन झगडा भएको ठाउँतर्फ दौडिए। हेर्दाहेर्दै खेल मैदान ‘युद्ध मैदान’ मा परिणत भयो।

करिब १० मिनेट मैदानमा नेपाल र अल्जेरियाली खेलाडीबीच हानाहान भयो। नेपाली खेलाडी कर्नर किक हान्ने ठाउँमा गाडेर राखेको झन्डा उखेलेर डन्डा मात्र बोक्दै मैदानमा दौडिए।

रेफ्रीले झगडा छुट्याउन नसकेपछि मलेसियाली सुरक्षाकर्मीले हस्तक्षेप गर्नुपर्‍यो। त्यतिबेला निकै उग्र बनेका नेपाली मिडफिल्डर वाईबी (यमबहादुर) घलेलाई रोक्न मलेसियन प्रहरीले कन्चटमा पेस्तोल तेर्स्याए। पहिलोपल्ट राष्ट्रिय टोलीसँग भ्रमण गरिरहेका चिकित्सक अजय राणालाई पनि प्रहरीले पेस्तोल देखाउँदै मैदानबाट बाहिर निकाले। चिकित्सक राणा पनि उत्तेजित हुँदै मैदानबाहिरबाट दौडिएर झगडा भएको ठाउँमा पुगेका थिए। “कन्चटमा पेस्तोल राखेपछि मात्र झसंग भइयो,” भिक्टोरिया क्रस विजेता गजे घलेका छोरा तथा त्यस खेलमा मिडफिल्डरको भूमिका निर्वाह गरिरहेका वाईबी घले सम्झन्छन्।

धीरेन्द्र प्रधान। तस्बिर : प्रधानको फेसबुक वाल

झगडाकै कारण करिब २० मिनेट रोकिएको खेल फेरि अगाडि बढ्यो। त्यतिबेला अल्जेरियाली टोली नेपाली खेलाडीको एकाग्रता तोड्न सफल भइसकेको थियो। अल्जेरियाले अन्त्यतिर नेपाललाई २-० गोलले पराजित गर्‍यो। एउटा गोल पेनाल्टीबाट भएको थियो। त्यतिबेला फिफाको नियम त्यति कडा थिएन। त्यसैले त्यति ठूलो झगडा हुँदा पनि कसैलाई रातो कार्ड देखाइएन।

सोही दिन भएको अर्को खेलमा दक्षिण कोरियाली टिमले ३-१ गोलले ब्युनोस आयर्सलाई पराजित गर्‍यो। तर, अल्जेरियाले पराजित गरेका कारण नेपाल सेमिफाइनल प्रवेशबाट वञ्चित रह्यो। रोचक कुरा, त्यस वर्षको मर्डेका कपको फाइनल नेपालकै समूहमा रहेका अर्जेन्टिनी र अल्जेरियाको टिमबीच भयो र अर्जेन्टिना २-१ ले विजयी हुँदै उपाधि जित्न सफल भयो।

नेपालले पूरै प्रतियोगितामा एउटा खेल पनि जित्न सकेन। विपक्षीविरुद्ध १४ गोल खाएर घर फर्कियो।