कालीकोट। कालीकोटको नरहरिनाथ गाउँपालिका ३ का २२ वर्षीय राजेन्द्र बुढा मृत फेला परेका छन्। उनको शव नरहरिनाथ २ स्थित मजिउन खोला र बुक खोलाको बीचमा शनिबार फेला परेको हो।
उनी बिहीबार खाना खाएर घरबाट निस्किएका थिए। त्यसपछि सम्पर्क हुन नसकेको परिवार स्रोतले जनाएको छ।
बालुवा लिन गएका स्थानीय बासिन्दाले शनिबार दिउँसो खोलाको बीचमा शव देखेपछि कुमाल गाउँ प्रहरी चौकीलाई खबर गरेका थिए। प्रहरी निरीक्षक गणेश ज्ञवालीले भने‚ “उहाँको शव सडकबाट ५०० मिटर तल खोलानजिकै पाइएको हो । घटनाबारे अनुसन्धान भइरहेको छ।”