काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१ चैत्र २०८२
अ+
अ-

पोखरा। पोखरा महानगरपालिका १६‚अर्मलाकोट मन्दिरमा शुभ मुहूर्त गर्दै नेपाली चलचित्र ‘जिरो डिग्री’को छायांकन सुरु भएको छ।

मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस डार्क कमेडी चलचित्रको पहिलो सटमा दिग्गज कलाकार प्रकाश घिमिरे, अभिनेता विजय बराल, कथाकार तथा कलाकार राजन भुसाल र शारदा सिलवालले अभिनय गरेका थिए। अर्मलाकोटबाटै क्यामेरा रोल भएको यस चलचित्रको सबै छायांकन कास्कीको अर्मलाकोट र धिताल गाउँका रमणीय तथा मौलिक बस्तीमा हुने निर्माण पक्षले जनाएको छ। चलचित्रको छायांकन तालिका ३५ दिनको राखिएको छ।

सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुबाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डिप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थिति चलचित्रको कथा घुम्नेछ। आकाश बराल र साजन काफ्लेको संयुक्त निर्देशन तथा पटकथा रहने यस चलचित्रलाई लिएर दर्शकमा अहिलेदेखि नै चासो बढेको छ। छायांकनमा जानुअघि नै चलचित्रको व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक गरिएको थियो। कार्यकारी निर्माताका रूपमा मोती कार्की रहेको चलचित्रलाई निशाल पौडेलले छायांकन गर्दै छन्।