काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

१ चैत्र २०८२
फाइल फोटो
अ+
अ-

जलेश्वर। महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुच पुगेको छ। बर्दिवास १, २, ३ र १४ मा लामो समयदेखि खानेपानीको समस्या थियो।

अहिले घरघरमा खानेपानीको धारा जडान भएको बर्दिवास ३ का आशा कुमारीले बताइन् । बर्दिवास- १४ का विक्रम महतोले भने,,“पहिला इनारको पानी खानुपथ्र्यो। त्यो पनि हिउँद लागेपछि विस्तारै पानीको सतह घटदै जाँदा चैत, वैशाखमा धमिलो पानी खान बाध्य थियौँ। अहिले धारा जडान भएपछि पानीको सङ्कट हटेको छ। ”

बर्दिवास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जडान गरेको धाराबाट पाँच हजार ९९८ परिवारले पानी सुविधा लिँदै आएका छन्। बर्दिवासको चुरेमा खानेपानीका तीन मुहान छन्। जुन चुरेको रातु खोलाको दहमा पर्छ । बर्दिवासको मूल सहरी क्षेत्रका वडामा दैनिक सात लाख लिटर खानेपानीको माग हुन्छ।

हिउँद लागेपछि उपभोक्ताको माग धान्न खानेपानी समितिलाई समस्या हुने गरेको छ। रातु खोलाको सुनारमरे दहमा त्यसको मुहान छ। अहिले त्यो मुहान पनि खोला उत्खननले जोखिममा छ।

दिनानुदिन बर्दिवासमा जनसङख्या बढ्दो छ भने पिउने पानीको मुहान घट्दो अवस्थामा छ। तर पनि आफूहरूले बर्दिवासवासीलाई खानेपानी खुवाउनका लागि दिनरात तत्पर रहने गरेको साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भुलन सेन ठकुरीले बताए।