काठमाडौँ। रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा राष्ट्रिय सुरक्षा तालिम सुरु भएको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले संघीय सरकारका विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चारगृह, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सहभागी रहेको तालिमको उद्घाटन गरे।
त्यसअवसरमा रक्षा-सचिव केदारनाथ शर्माले यही १८ चैतसम्म जारी रहने तालिमको औचित्यबारे प्रकाश पारेका थिए। २०७२ मा सुरु भएको तालिममा हालसम्म २५२ जना सहभागी भएका छन्।