काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

१ चैत्र २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

पाल्पा। बगनासकाली गाउँपालिका –२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

पिकप जिप र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक माथागढी गाउँपालिका–१ का ३६ वर्षीय खिलेश्वर घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसल सिंह ठकुरीले जानकारी दिए।

ठकुरीका अनुसार आर्यभञ्ज्याङ्गबाट बर्तुङतर्फ आउँदै गरेको लु १ च ३७४० नम्बरको पिकअप जिप र विपरीत दिशाबाट जाँदै गरेको लु ८४ प ४३४८ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा मगर गम्भीर घाइते भएका छन्।

उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतक मगर हाल बुटवल उपमहानगरपालिका–८ सुक्खानगरमा बस्दै  आएका थिए।