काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

१ चैत्र २०८२
अ+
अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी जीवित छन् कि छैनन् भन्नेबारे शंका व्यक्त गरेका छन्।

शनिबार अमेरिकी सञ्चारमाध्यम एनबिसीसँगको अन्तर्वार्तामा ट्रम्पले मोज्तबाको अवस्थाबारे प्रश्न उठाएका हुन्। मोज्तबा, मारिएका पूर्व इरानी सर्वोच्च नेता अली खामेनीका छोरा हुन्।

ट्रम्पले अन्तर्वार्तामा भने, “मलाई थाहा छैन उनी जीवितै छन् कि छैनन्। अहिलेसम्म कसैले पनि उनलाई सार्वजनिक रूपमा देखाउन सकेको छैन।”

उनले थप्दै भने, “मैले सुन्दैछु कि उनी जीवित छैनन्। र यदि उनी जीवितै छन् भने पनि उनले आफ्नो देशका लागि निकै बुद्धिमानी निर्णय गर्नुपर्छ, र त्यो भनेको आत्मसमर्पण हो।”

मोज्तबाले बिहीबार भिडियो सन्देश जारी गर्नुको सट्टा लिखित वक्तव्यमार्फत आफ्नो पहिलो प्रतिक्रिया दिएका थिए। यही कारणले उनको अवस्थाबारे विभिन्न अड्कलबाजीहरू फैलिएको बताइएको छ।

इरानको नेतृत्व परिवर्तन र नयाँ सर्वोच्च नेताको अवस्थाबारे अन्तर्राष्ट्रिय स्तरमा चासो बढ्दै गएको छ।