काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२ चैत्र २०८२
अ+
अ-

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक महिनाभित्र झन्डै ६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

चालु आवको फागुनमा कार्यालयले ट्राफिक नियम उल्लंघन गरेका ६३७ सवारीसाधनलाई कारबाही गरेको छ। जसबाट पाँच लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको छ। कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार कारबाही पर्नेमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन्। फागुनमा मात्र २७५ मोटरसाइकल कारबाहीमा परेको उनले जानकारी दिए। १०६ वटा अटोरिक्सा, ३४ ट्याक्टर, १०७ जिप, ४८ बस र ६७ वटा ट्रक कारबाहीमा परेको उनले जानकारी दिए।

फागुनमा ५१ वटा सवारीसाधन दुर्घटनामा परेका छन्। दुर्घटनाबाट चारजनाको मृत्यु भएको छ। २७ जना घाइते भएको प्रहरी निरीक्षक शाहीको भनाइ छ। दुर्घटनाको मुख्य कारण तीव्र गति, मादक पदार्थ सेवन, ओभरटेकजस्ता मानवीय त्रुटि बढी देखिएको उनले बताए।

ध्वनि प्रदूषण गर्ने पाँचवटा मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको पनि उनले बताए। फागुनमा १०१ वटा ट्राफिक सचेतना कार्यक्रम गरिएको र ती कार्यक्रममा नौ हजार ३३० जना सहभागी भएको पनि शाहीले जानकारी दिए।