काठमाडौँ। जेन-जी आन्दोलनमा शहीद भएका रसिक खतिवडाकी आमा रचना खतिवडा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद बन्ने भएकी छन्।
रास्वपाले खसआर्य महिलातर्फ दोस्रो स्थानमा रहेकी खतिवडालाई समानुपातिक सांसदका लागि सिफारिसमा गरेको हो।
२३ भदौको जेन-जी आन्दोलनमा काभ्रेका २३ वर्षीय रसिकले प्रहरीको गोली लागेर ज्यान गुमाएका थिए।