काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२ चैत्र २०८२
तस्बिर : रोयटर्स
अ+
अ-

जेरुसेलम। दुबईका अधिकारीहरूले विमानस्थलमा लागेको आगो नियन्त्रणमा आएको बताएका छन्। इन्धन ट्यांकीमा ड्रोन ठोक्किएपछि आगलागी सुरु भएको थियो। आगलागीमा मृत्यु एवं घाइते भएको तथ्यांकहरू भने बाहिर आएको छैन।

आक्रमणका क्रममा इरानले संयुक्त अरब इमिरेट्स (यूएई) मा लगभग दुई हजार क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको छ। यीमध्ये धेरैजसोलाई हवाई रक्षा प्रणालीले रोकेको थियो।

साउदी अरेबियाले रातारात धेरै ड्रोन खसालेको बताएको छ। इराक र कुवेतले पनि नयाँ आक्रमणहरू भइरहेको जनाएका छन्।

अमेरिका र इजरायलले इरानमाथि आक्रमण जारी राख्दा तेहरानमा कैयौँ बम विस्फोट भएको रिपोर्ट आएको छ।

लेबनानको राजधानी बेरुतमा पनि ठूलो विस्फोट भएको छ। इजरायली सेनाले हिजबुल्लाहका पूर्वाधारलक्षित गरेको बताएको छ।

इजरायलमा उत्तरमा हिजबुल्लाह क्षेप्यास्त्र र दक्षिणमा इरानी क्षेप्यास्त्रहरूको चेतावनीका लागि साइरनहरू बजिरहेका छन्। -बीबीसी