काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेलाई विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको छ।
सोमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइराको संयुक्त इजलासले चालिसेलाई पछि ठहरेबमोजिम हुने गरी ५० लाख धरौटीमा छाड्ने आदेश गरेको हो।
गत २८ मंसीरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेविरुद्ध गोकर्णेश्वर नगरपालिकाको प्रमुख हुँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विषेश अदालतमा मुद्दामा दायर गरेको थियो।
उनीमाथि तीन करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ गैरकानुनी आर्जन गरेको आरोप लागेको थियो।
चालिसे ०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं-३ बाट निर्वाचित भई संसद्को अर्थसमितिको सभापति बनेका थिए।
