काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष र समानुपातिकतर्फबाट नवनिर्वाचित सांसदहरुलाई मंगलबार र बुधबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
आज मंगलबार रास्वपाले ग्वार्कोस्थित रोयल टुलिपमा पहिलो दिनको अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। रास्वपाबाट प्रत्यक्ष निर्वाचित १२५ र समानुपातिक ५७ जना गरी १ सय ८२ सांसद अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छन्।
अभिमुखीकरणमा नेपाल सरकारका पूर्वसचिव, आईटीविज्ञलगायत व्यक्तिहरूले विभिन्न विषयमा जानकारी प्रदान गर्ने रास्वपाले जनाएको छ।
रास्वपा उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेले घण्टी बजाएर अभिमुखीकरणको शुभारम्भ गरेका हुन्।
हेर्नुहोस् तस्बिरमा :
