काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटेर समवेदना प्रकट गरेका छन्।
भक्तपुरको गुन्डुस्थित ओलीनिवास पुगेर उपसभापति अर्यालले बुधबार समवेदना प्रकट गरेका हुन्।
ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा २९ फागुनमा निधन भएको थियो।