काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक आह्वान गरेको छ।
संसद्का महासचिव पद्मप्रसाद पाण्डेका अनुसार, बैठक बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा हुनेछ।
महासचिव पाण्डेले भने, “प्रतिनिधिसभाको निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न सफल भएका दलहरूको बैठक सचिवालयले आह्वान गरेको हो। बैठक महासचिवको कार्यकक्षमा बस्ने छ।”