काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

५ चैत्र २०८२
डोनाल्ड ट्रम्प/ फाइल फोटो
अ+
अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइलद्वारा इरानको ग्यास संरचनामा पुनः आक्रमण नहुने बताएका छन्। पछिल्ला घटनाक्रमपछि ऊर्जा क्षेत्र लक्षित थप आक्रमण रोक्ने सन्देशका रूपमा उनको अभिव्यक्ति आएको हो।

इसराइलले बुधबार विश्वकै ठूलो प्राकृतिक ग्यास क्षेत्रमध्ये एक मानिने साउथ पार्स ग्यास भण्डारमा आक्रमण गरेको थियो। त्यसको प्रत्युत्तरस्वरूप इरानले कतारस्थित प्रमुख ग्यास निर्यात संरचनामा प्रहार गरेको बताइएको छ।

ऊर्जा पूर्वाधारमा दुवै पक्षबाट आक्रमण भएपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। यस पृष्ठभूमिमा थप क्षति रोक्न र बजारमा अस्थिरता कम गर्न अमेरिकी नेतृत्वबाट संयम अपनाउने सन्देश दिइएको रूपमा विश्लेषण गरिएको छ।

ट्रम्पले इसराइलले इरानको ग्यास भण्डारमा पुनः प्रहार नगर्ने आश्वासन दिएको उल्लेख गर्दै क्षेत्रीय तनाव नबढाउन प्रयास भइरहेको संकेत गरेका छन्। यद्यपि, इरानले पुनः छिमेकी मुलुकका ऊर्जा संरचनामाथि आक्रमण गरेमा कडा प्रतिक्रिया हुन सक्ने चेतावनी पनि उनले दिएका छन्।