काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

५ चैत्र २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र ‘साउथ पार्स’ लाई पूर्ण रूपमा ध्वस्त पारिदिने चेतावनी दिएका छन्।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले इजरायलले पश्चिम एसियामा भइरहेका घटनाको आक्रोशमा इरानको साउथ पार्स ग्यास फिल्डमाथि भीषण आक्रमण गरेको स्वीकार गरेका छन्। ट्रम्पका अनुसार उक्त आक्रमणबारे अमेरिका र कतार दुवैलाई कुनै जानकारी थिएन।

इरानले यथार्थ नबुझी र बिनाकारण कतारको एलएनजी ग्यास केन्द्रमा हमला गरेको भन्दै उनले आपत्ति जनाएका छन्। इरानले कतार जस्तो निर्दोष पक्षमाथि पुनः आक्रमण गरेमा इजरायलको सहमति वा सहयोग बिना नै अमेरिका एक्लैले साउथ पार्स ग्यास फिल्डलाई नामेट पारिदिने ट्रम्पको भनाइ छ। उनले इरानले यसअघि कहिल्यै नदेखेको शक्ति र सामर्थ्यका साथ अमेरिकाले प्रतिकार गर्ने चेतावनी दिएका छन्।

इरानले इजरायली हमलाको बदला लिन कतारको ‘रास लफान’ ऊर्जा केन्द्रमा मिसाइल प्रहार गरेपछि ट्रम्प आक्रोशित भएका हुन् । उनले भनेका छन्, ‘यदि इरानले कतार जस्तो निर्दोष पक्षमाथि पुनः आक्रमण गरेमा, अमेरिकाले इजरायलको सहयोग बिना नै एक्लै साउथ पार्स ग्यास फिल्डलाई नामेट पारिदिनेछ। इरानले अहिलेसम्म नदेखेको शक्ति र सामर्थ्यका साथ अमेरिकाले प्रतिकार गर्नेछ।’