काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफू सबैभन्दा सिनियर भएकाले संसदीय दलको नेतामा आफ्नो स्वतः दाबी रहने बताएका छन्।
शुक्रबार केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पुगेका उनले संसदीय अभ्यासमा आफ्नो महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सहमतिका आधारमा नेतृत्व चयन होस् भन्ने चाहना व्यक्त गरे।
केसीले विगतका संसदीय अभ्यासमा आफ्नो सक्रिय सहभागिता रहेको दाबी गर्दै २०४७ सालपछि काँग्रेसको संसदीय यात्रामा आफ्नो महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन्।
उनले आफू पार्टीभित्रको अनुभवी नेतामध्ये पर्ने भएकाले दलको नेतृत्वका लागि दाबी गर्नु उचित हुने धारणा व्यक्त गरेका छन्।