काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

७ चैत्र २०८२
अ+
अ-

काठमाडौँ । नेपालको प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा चीनले नेपाललाई बधाई दिएको छ।

नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै नेपालप्रति शुभकामना व्यक्त गरिएको छ। साथै, प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि विशेष बधाई दिइएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा चीनले नेपालसँगको दीर्घकालीन मित्रता र आपसी सहयोगलाई अझ सुदृढ बनाउँदै सम्बन्धलाई थप उचाइमा पुर्‍याउन इच्छुक रहेको जनाएको छ। चीनले परम्परागत मैत्री सम्बन्धलाई अझ मजबुत बनाउने, व्यावहारिक सहकार्य विस्तार गर्ने तथा समग्र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजान नेपालसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारेको छ।