काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

७ चैत्र २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

सिरहा। लेनदेन तथा बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लेनदेन बिगो मुद्दामा सिरहा जिल्ला अदालतले १७ माघ २०७९ मा दुई वर्ष कैद सजाय सुनाएका ४५ वर्षीय रामजनम यादव पक्राउ परेका हुन्। सिरहाको कल्याणपुर नगरपालिका १० का यादवलाई छिमेकी विष्णुपुर गाउँपालिका १ स्थित स्वास्थ्य चौकीनजिकबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।

यस्तै इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी करिब ४० वर्षीय प्रमोद साहलाई पनि पक्राउ गरेको छ। जिल्ला अदालतको २९ पुस २०७९ को फैसलाअनुसार खोजीमा रहेका धनगढीमाई ९, गोठचोकका साहलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।