काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

७ चैत्र २०८२
अ+
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट देश अगाडि बढ्ने बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत सन्देश दिएका उनले इद पर्वको अवसरमा सबैमा भाइचारा, प्रेम र मेलमिलापको भावना प्रगाढ हुने कामना व्यक्त गरे।

उनले भने, “धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ।” साथै, एक–अर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई अझ सुदृढ बनाउने उनले बताए।

बालेनको यो सन्देशले इदको पावन अवसरमा सामाजिक एकता र आपसी मेलमिलापको महत्त्वलाई पुनः स्मरण गराएको छ।