काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

९ चैत्र २०८२
केशव आचार्य।
अ+
अ-

काठमाडौँ। अर्थशास्त्री केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ।

काठमाडौँको माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पतालमा उनको उपचारका क्रममा सोमबार बिहान १० बजे निधन भएको हो।

आचार्यलाई ३ चैतमा मस्तिष्काघात भएसँगै अस्पताल भर्ना गरिएको थियो। उनका भाइ मदन आचार्यका अनुसार ३ चैतमै मस्तिष्कको शल्यक्रिया गरिएको थियो।

३ चैतको बिहान पूजा गर्न फूल टिपेर फर्कंदा स्वास्थ्यमा असहजता महसुस गरेपछि आराम गर्न भनेर बसेका आचार्य घरमै बेहोस भएका थिए। त्यसपछि उनलाई परिवारका सदस्यले अस्पताल पुर्‍याएका थिए।

नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा धेरै समय सेवा गरेका आचार्य दुईपटक अर्थ मन्त्रायको वरिष्ठ आर्थिक सल्लाहकार भएका थिए। आर्थिक नीति अनुसन्धान र विश्लेषणमा दख्खल राख्ने आचार्य मौद्रिक तथा आर्थिक नीति, वित्तीय क्षेत्रका ज्ञाताका रूपमा चिनिन्छन्। पछिल्लो समय उनी मुलुकको वित्तीय र समस्त आर्थिक सुशासनका लागि बहस तथा पैरवी गर्दै आएका थिए।

उनको पार्थिव शरीरको भोलि (मंगलबार) मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका पत्नी, एक छोरा र एक छोरी छन् ।