काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

९ चैत्र २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। नेपाल प्रहरीले डाँका र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान टेकुको प्रहरी टोलीले दोलखा जिल्ला अदालतबाट २०७४ पुसमा १० वर्ष कैद र एक लाख १८९ रुपैयाँ जरिवाना गरेपछि फरार रहेका दोलखा शैलुङ गाउँपालिका ४ घर भई काठमाडौँ गोकर्णेश्वर बस्ने ४० वर्षीय खिलबहादुर तामाङलाई आज (सोमबार) पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले फरार रहेका तामाङलाई काठमाडौँको बौद्धबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी उपरीक्षक भट्टले बताए।

नाबालिकाको चरित्रहत्या गरेको आरोपमा पक्राउ
यसैगरी प्रहरीले सामाजिक सञ्जालमा नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको साइबर ब्युरोले नाबालिकाको अन्तरंग तस्बिर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रसारण गरेको आरोपमा नमोबुद्ध नगरपालिका ८‚ काभ्रेका २२ वर्षीय अशोक लामालाई सोमबार पक्राउ गरेको हो।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले पक्राउ परेका लामालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको जानकारी दिए।