काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

९ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय महिला आयोगमा हिंसापीडित महिलाका लागि न्याय माग गर्दै नाराबाजी गरिएको छ।

विभिन्न नाराका साथ पीडित पक्षले महिला आयोग परिसरमा नाराबाजी गरेका हुन्। न्यायका लागि माइतीघर मण्डलमा धर्ना बस्दै आएका उनीहरूको माग सुनुवाइ नभएपछि आयोगको ध्यानाकर्षण गराउन पुगेका हुन्।

सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्यासम्बन्धी घटनाको छानबिन गर्नुपर्ने र खोटाङकी रेश्मिका परियारको बलात्कारपछि हत्या घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेका छन्।

पीडितले जति सक्दो चाँडो न्याय पाउनुपर्ने र पीडकले कडाभन्दा कडा सजाय पाउनुपर्ने उनीहरूको माग छ।