काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

११ चैत्र २०८२
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लगत्तै पदभार ग्रहण गरेक छन्।

ज्येष्ठ सदस्य केसीले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा कार्यभार सुरु गरेका हुन्।

बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सांसद केसीलाई शपथ गराएका थिए।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन्।

संसद् सचिवालयले बिहीबार ज्येष्ठ सदस्य केसीबाट प्रतिनिधिसभाका नवनिर्वाचित बाँकी २७४ जना सदस्यलाई शपथ गराउने कार्यक्रम तय गरेको छ। नयाँ सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्य केसीले संसद् बैठकको अध्यक्षता गर्नेछन्।

हेर्नुहोस् तस्बिर :