काठमाडौँ। काठमाडौँमा आजबाट सेतो मत्स्येन्द्रनाथ जात्रा सुरु भएको छ।
मच्छिन्द्र बहालदेखि आर्याअवलोकितेश्वरलाई खटमा राखि तीनधारा पाठशालामा तयार गरिएको रथमा विराजमान गराएपछि जात्रा सुरु भएको हो।
सेतो मत्स्येन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो।
काठमाडौँ उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ। करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ।
अन्तिम दिन लगनटोलस्थित मत्स्येन्द्रनाथकी आमालाई तीनपटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ।
सेतो मत्स्येन्द्रनाथको रथ मत्स्येन्द्रबहालदेखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केलटोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म लगिन्छ।
हेरौँ थप तस्बिर :

