काठमाडौँ ।केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष समेत रहेका ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाह प्रधानमन्त्रीमा नियुक्त भएकोमा हार्दिक बधाई व्यक्त गरेका हुन्।
ओलीले आफ्नो सन्देशमा नवनियुक्त प्रधानमन्त्री शाहसँगै मन्त्रिपरिषद्का सबै सदस्यलाई सफल कार्यकालको शुभकामना दिएका छन्।
उनले भनेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई। नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु।”