काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार छ सय रुपैयाँले घटेर दुई लाख ८१ हजार रुपैयाँ कायम भएको छ। बिहीबार सुन मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा १५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो।