काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१४ चैत्र २०८२
केपी शर्मा ओली र रमेश लेखक। फाइल तस्बिर
अ+
अ-

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक दुवैजनालाई एकै ठाउँमा राखिने भएको छ।

स्वास्थ्य परीक्षणपश्चात ओली र लेखकलाई २ नम्बर गणमा लगिने स्रोतको भनाइ छ। लेखकलाई पक्राउ गरेर प्रहरीले त्यहाँ पुर्‍याइसकेको छ। ओलीलाई पनि त्यहीँ राख्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले बताए ।

लेखकलाई स्वास्थ्य परीक्षणलगत्तै २ नम्बर गणमा लगिएको थियो । मिर्गौलासम्बन्धी समस्यामा रहेका ओलीलाई पनि प्रहरीले अस्पतालमा नराखी गणमै राख्ने तयारी गरेको हो।