काठमाडौं।नेपाली कांग्रेस को केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने कार्यतालिका रहेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक को गिरफ्तारीको विषयमा संस्थापनइतर समूहले विज्ञप्ति जारी गरेपछि पार्टीभित्र विवाद चर्किएको छ। उक्त विज्ञप्तिप्रति संस्थापन पक्षले आपत्ति जनाएको छ।
यता संस्थापनइतर पक्षले काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा चैत १७ देखि केन्द्रीय कार्यसमिति भेला जारी राखेको छ।