काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनबारे छलफल गर्न साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको सांसद मोहन आचार्यले जानकारी दिए।
फागुन २१ गते सम्पन्न निर्वाचनबाट आएको प्रतिनिधि सभाको पहिलो बैठक आज दिउँसो २ बजे बस्दैछ।
सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा बस्ने बैठकमा पार्टीबाट कसरी प्रस्तुत हुने भन्ने विषयमा दलको बैठकमा छलफल हुनेछ।
बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।