संसद्
काठमाडौँ। प्रतिनिधिसभाको पहिलो बैठक सिंहदरबारमा बसिरहेको छ।
बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेताहरूले सम्बोधन गरिरहेका छन्। सचिवालयकाअनुसार बैठकमा सम्बोधन गर्ने नेताहरूलाई दलीय आधारमा बोल्ने समय निर्धारण गरिएको छ।
रास्वपालाई २५ मिनेट, कांग्रेसलाई १० मिनेट, एमालेलाई ८ मिनेट, नेकपा, श्रम संस्कृति र राप्रपालाई ७-७ मिनेट तथा स्वतन्त्र सांसद पुन लाई ५ मिनेटको समय निर्धारण गरिएको छ।