काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ।
आज सुन मूल्य तोलामा दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलामा ५० रुपैयाँले बढेर चार हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो (बिहीबार) चाँदी तोलामा चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको थियो।