काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिको विरोधमा शनिबार राजधानीमा प्रदर्शन गरिएको छ।
‘राष्ट्रिय जेन-जी नागरिक अभियान’ले सरकारलाई मूल्य समायोजन गरी आमनागरिकलाई राहत दिन दबाब सिर्जना गर्ने उद्देश्यले शान्तिपूर्ण प्रदर्शन गरेको जनाएको थियो।
कार्यक्रममा आमनागरिक, युवा तथा विद्यार्थीको सहभागिता थियो। प्रदर्शनकारीले विभिन्न नाराअंकित प्लेकार्ड तथा ब्यानर बोकेका थियो।
हेर्नुहोस् थप तस्बिर :

