काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२१ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। सानै बाट हामीलाई सर्प भन्ने बितिकै ४ कोश टाढा भाग्न सिकाएको भएर होला सर्प भन्ने बितिकै धेरै जसो मान्छे को मनमा एककिसिमकाे डर बसेको हुन्छ।

सर्पसँग को हाम्रो डर जन्मजात नभएर धेरै पछाडि मात्र बिकास भएकाे कुरा हो। हुनपनि संसार भरी बर्सेनी १००० जना भन्दाबदीको ज्यान सर्पकाे टाेकाईकाे कारणले जाने गर्छ। अझै धेरै मान्छेहरुलाई त सबै सर्प बिसलु हुन्चन र टोक्ने बितिकै मरिन्छ भन्ने लागेकाे पाइन्छ।

तर, संसार भरी पत्ता लागेका ३४०० भन्दा बडी सर्प मध्य कारीब ७०० मात्र बिसालु हुन्छन र त्यसमा पनि कारीब २०० वटा सर्पमा मात्र मान्छेको ज्यान लिन सक्ने बिष हुन्छ। नेपाल मा भने अहिले सम्म ८९ प्रजातिको सर्प अभिलेख भएका छन् भने ति मध्य १८ ओटा सर्प मात्र मन्छेको ज्यान लिनसक्ने बिष भएका हुन्छन।

नेपाल मा पाइने बिषालु सर्पहरु मध्य किङ कोब्रा( राज गोमन्) र ब्यन्डेड करेत्( लक्ष्मी नाग्) त संसारकै सबै भन्दा खतरनाक बिष भएका सर्प मध्य पर्छन। तर यो दुबै सर्प निकै लजालु स्वभाव का हुन्छन् र अरु सर्पहरु खाएर आफ्नो पेट पल्ने गर्छन। त्यही कारणले उनीहरु आफ्नो बिष अनावस्यक रुपमा खेर फाल्न चाहँदैनन् र यि दुबै सर्पले टोकेर मन्छेको मृत्यु भएका घाटना निकै कम भेटिन्छन्।

अझै केहि प्रजातीका सर्पहरुले त बिष खेर फाल्न नचाहेएर सुखा टोकाइ पनि गर्ने गर्छन्। हाम्रो पर्यावरणमा मुसा, व्यागुत्ता, छेपारा,चरा हरु को पनि सङ्ख्या स्थिर राख्न सर्पहरुको निकै ठुलो भूमिका छ। नेपालमा समान्यतया पाइने बिषालु सर्पहरु गोमन्, करेत्, हरेउ,बाघे सर्प आधी हुन्।

खेती योग्य जमिनको अभाब पानीको मुहानहरुमा फोहोर, सवारिसाधनहर सँगको ठक्कर, मान्छेले देख्यो कि मार्ने प्रवृत्ति जस्ता घटनाहरुले सर्प सम्रक्षणमा समस्या आइरहेको छ। यदी सर्प सम्रक्षणमा समयमै ध्यान नदिने हो भने भबिष्यमा हाम्रा खेतहरु मुसाहरुले भरिनेछन् र खोलानाला व्यगुता ले, जस्ले हाम्रो खेती किसानि र पर्यावरणमा ठुलो नकारात्मक असर पर्ने छ।

तस्बिर : दृष्टान्त बिडारी/ नेपाल फोटो लाइब्रेरी