काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२२ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्स माथि रोमाञ्चक चित निकालेको छ।

गएराति भएको खेलमा राजस्थानले गुजरात टाइटन्समाथि ६ रनको रोमाञ्चक जित निकालेको हो। राजस्थानका लागि बलिङतर्फ रवि विश्नोइ चम्किँदा २११ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०४ रनमात्रै बनाउन सक्यो।

गुजरातका लागि कुमार कुशाग्र र साई सुदर्शनले पहिलो विकेटका लागि ७.६ ओभरमा ७८ रनको साझेदारी गरे। कुशाग्र १८ रनमा आउट भए पनि सुदर्शनले आक्रामक ब्याटिङ जारी राखे। उनले ४४ बलमा ७३ रन बनाए, जसमा ९ चौका र ३ छक्का समावेश थिए।

जोस बटलरले १४ बलमा २६ रन बनाए तर ठूलो पारी खेल्न सकेनन्। ग्लेन फिलिप्स ३ रनमै आउट भए भने वासिङ्टन सुन्दरले ४ रन मात्रै जोडे। राहुल तेवतियाले १२ रन र शाहरुख खानले ११ रन बनाए।

अन्तिम ओभरहरूमा राशिद खान र कगिसो रबाडाले ३० बलमा ४३ रनको तीव्र साझेदारी गर्दै खेललाई रोमाञ्चक बनाए। राशिदले १६ बलमा २४ रन बनाए भने रबाडा १६ बलमा २३ रन बनाएर अविजित रहे।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो ।

राजस्थानका लागि ध्रुवव जेरेलले सार्ववधिक ७५ रनको योगदान दिए ।  त्यस्तै यशस्वी जैसवालले पनि ५५ रनको पारी खेले । त्यस्तै वैभव सूर्यवंशीले पनि टोलिका लागि ३१ रनको योगदान दिए।

बलिङ तर्फ गुजरातका लागि कागिसो रवाडाले २ विकेट लिए । त्यस्तै मोहमद सिराज, अशोक शर्मा, प्रसिद्धा कृष्णा र राशिद खानले  १/१ विकेट लिए ।