काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२२ चैत्र २०८२
अ+
अ-

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)  को सचिवालयले सरकारी कार्यालयहरूमा खर्च मितव्ययिता कायम गर्न नयाँ निर्देशन जारी गरेको छ। सचिवालयले आन्तरिक सर्कुलरमार्फत मन्त्रालय तथा सम्बन्धित निकायहरूलाई प्रत्येक कोठामा प्रधानमन्त्रीको फोटो अनावश्यक रूपमा झुण्ड्याउने प्रचलन रोक्न भनेको छ।

सर्कुलरअनुसार, फोटो आवश्यक र औचित्य अनुसार मात्रै राख्नुपर्ने उल्लेख छ। अनावश्यक छपाइ, वितरण र फोटो झुण्ड्याउँदा हुने खर्च नियन्त्रण गर्नु सबै कार्यालयको जिम्मेवारी भएको सचिवालयले जनाएको छ। डिप्लोमेटिक मिसन बाहेकका कार्यालयहरूमा मात्र आवश्यक स्थानमा फोटो राख्नुपर्ने भनिएको छ।

यस कदमलाई सरकारी खर्च व्यवस्थापनमा मितव्ययिता र पारदर्शिता सुनिश्चित गर्न उठाइएको कदमका रूपमा हेरिएको छ। सचिवालयका अधिकारीहरूले सार्वजनिक स्रोतको दुरुपयोग रोक्न र आवश्यकतामुखी खर्चलाई प्राथमिकता दिन यस्तो निर्देशन आवश्यक रहेको बताएका छन्।

यो पनि पढ्नुहोस् :

भित्तामा झुन्डिएको आठ करोड

रचनात्मक काममा खर्च गर्न छाडेर सरकारी कार्यालयद्वारा फोटामै फजुल खर्च

भित्तामा झुन्डिएको आठ करोड