काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२३ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। ११ चैतमा ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका २० युवतीमध्ये दुई जनालाई देशनिकाला (डिपोर्ट) गरिएको छ।

बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषहरूलाई बाटो छेकी अश्लील क्रियाकलाप र मोलमोलाइ गरी दु:ख दिइरहेको अवस्थामा काठमाडौँ महानगरपालिका-२६ फायरचोकस्थित सडकखण्डबाट २० जना युगान्डेली महिलालाई प्रहरीले पक्राउ गरेको थियो।

ठमेलबाट २० जना विदेशी महिला पक्राउ

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले आइतबार दुई युवतीलाई ‘डिपोर्ट’ गरिएको बताए। उनले अन्यलाई  निगरानीमा राखिएको बताए।

पक्राउ परेपछि उनीहरूलाई अनुसन्धानका लागि १२ दिनको म्याद थप भएको थियो। जिल्ला अदालतले उनीहरू सबैलाई आइतबार धरौटीमा रिहा गरेको थियो।

प्रहरीले २० युवतीलाई पक्राउ गरेपछि काठमाडौँस्थित सम्बन्धित देशको दूतावाससँग समन्वय गरेको र त्यसक्रममा दूतावासले आफ्ना नागरिकको जिम्मेवारी लिएको, जिम्मेवारी लिन नचाहेकालाई अध्यागमनमा पेस गरिँदा डिपोर्ट भएको प्रहरीले जनाएको छ।